सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको विशाल प्रदर्शन
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा विशाल प्रदर्शनको आयोजना गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले ¥यालीसहित प्रदर्शन गरेको हो ।
हिजो मात्र विप्लब नेकपाको महासचिव चिरन पुनको नेतृत्वमा ७५ जना केन्द्रीय सदस्यसहित नेपाली कम्युनिस्ट पार्टीमा आवद्धता जनाएको घोषणा गरिएको थियो । तर आज सो पार्टीले गरेको जनप्रदर्शन देख्नेह?ले ७५ जना नेतामात्र नेपाली कम्युनिस्टमा आवद्ध भएको कार्यकर्ता भने विप्लबसँगै रहेको अड्कलबाजी गरेका छन् ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पु¥याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।
अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया