Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर


जनकपुरधाम । मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेकी छन् ।

बिहीबार सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थिति नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए।

उता उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा सभामुखले गरेको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । कारबाहीमा परेका पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको उपसभामुखले प्रष्ट पारेकी छन् ।

उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा “मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७र२७ गते पाँच जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफूमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुखसमक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सोको उपनियम ३ बमोजिम छलफलको लागि मिति, समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोधस्वरुप आवेगमा गरेको निर्णय हो ।” भनिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट