निर्वाचन आयोगले दिएको दल दर्ताको समय आज सकिँदै
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि दिएको समय आज सकिंदैछ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता आह्वान गरेको थियो।
नयाँ दल दर्ता गर्दा दलसम्बन्धी विवरण, नाम र दर्ता मिति लगायतका कागजात पेश गर्नुपर्ने हुन्छ
आयोगमा दर्ता भएका पुराना दलहरुले पनि निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया