Techie IT
Samayabaddha
मंगलबार, २३ असार, २०८३

बलिउड अभिनेता धर्मेन्द्रको निधन


काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न निधन भएको छ । उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् ।

उनले भनेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ। एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’

धर्मेन्द्रको अन्तिम संस्कारका लागि अमिताब बच्चन, अमिर खानलगायत बलिउडका दिग्गज कलाकारहरू विले पार्लेस्थित पवन हंस श्मशान स्थलमा पुगेका थिए ।

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्स सहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट