फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या ११९
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि एक सय उन्नाइस राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकोमा दल दर्ताका लागि थपिएको ४ दिनमा अरु दल दर्ता भएका हुन् ।
नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ ।
निर्वाचनको लागि आयोगमा दर्ता भएका दलहरुमा २५ वटा नयाँ दल रहेका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टाराईले जानकारी दिएका छन् ।
आयोगमा दर्ता भएका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधान छ । पुराना २४ दलले भने आगामी निर्वाचन प्रयोजनको लागि आयोगमा निवेदन दिएका छैनन् ।
थपिएको अवधि पनि आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको सङ्ख्या कांग्रेस, एमालेसहित एक सय उन्नाइस वटा पुगेको छ । दर्ता भएका दलहरुले मात्र आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।
अव निवेदनको छानबिनपछि २० मंसिरमा दर्ता भएका दलहरुको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । एक्लै चुनाव लड्ने गरी १०५ दलले निवेदन दिएका छन् ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन् ।
यस्तै, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि मात्रै २५ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया