कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।
महाधिवेशनका लागि मंसिर २० भित्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको काम केन्द्रबाट टुंग्याइने वैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । कार्यसमितिको म्याद २३ मंसिरसम्ममा सकिने भएकाले पदावधि थप गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया