उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा
काठमाडौं । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा भएको छ । उज्यालो नेपाल पार्टीले आज काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गरेको हो
घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिएको छ ।
पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो नेपालको सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरिएको थियो ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया