बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको ।
त्यस्तै, आज चाँदीको प्रतितोला २० रुपैयाँले घटेर प्रतितोलाम ३ हजार ५ सय ८५ रुपैयाँमा कायम भएको छ। आइतबार प्रतितोला ५० रुपैयाँले घटेर चाँदी ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया