Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

सिनामंगलमा असईले गरे आफ्नै चार महिने छोराको हत्या


काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक ९असई०ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।

छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको छ । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको जनाइएको छ ।

पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट