Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

एमाले प्रारम्भिक मतपरिणाम सार्बजनिक, ओलीको दोब्बरभन्दा बढीको अग्रता


काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्राररम्भिक मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन्।

मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत प्राप्त गरेका छन्।

यसैगरी महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न ।

उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् ।

उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् ।

यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट