काठमाडौंको भृकुटी मण्डपमा भोलि हुने नेकपाको एकता सन्देश सभाको भव्य तयारी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि पौष ५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान गरिएको नेकपाका नेता हितमान शाक्यले बताए ।
काठमाडौको पश्चिम भेग जस्तो नागार्जुन, चन्द्रागिरी कीर्तिपुर र दक्षिणकाली नगरपालिकालगायत क्षेत्र नं ८, ९ र १० का जनसमुदाय, चितवन, धादिङ्गबाट नागढुङ्गा हुँदै आउनेहरु र मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदायहरु सुन्धारामा जम्मा भई जुलुशसहित भृकुटी मण्डप जाने तयारी गरिएको त । त्यस्तै ललितपुरबाट कुपन्डोल जम्मा भएर थापाथली, त्रिपुरेश्वर हुँदै आउने जनसमुदाय विहान ११ बजे सुन्धारा जम्मा हुने र रत्नपार्क– बिद्युत प्राधिकरण हुँदै भृकुटी मण्डप जाने रुट तय गरिएको छ ।
त्यस्तै काठमाडौको उत्तरी भेग -तारकेश्वर, टोखा, महानगर अन्तर्गत पर्ने क्षेत्र नं ५, ६ र ७ को जनसमुदायहरु र नुवाकोट रसुवाबाट आउने जनसमुदायहरु विहान ११ बजे रत्नपार्क पुग्ने र बागवजार, पुतलिसडक पद्मोदय मोड हुँदै भुकुटीमण्डप जाने रुट तय भएको छ ।
काठमाडौको बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र महानगर अन्तरगत पर्ने क्षेत्र नं ३, ४ र ५ का जनसमुदायहरु डिल्लिबजार चारखालमा ११ बजे जम्मा हुने र शान्तिबाटिकाबाट आउने जुलुससंगै मिसिएर पुतलिसडक हुँदै भृकुटी मण्डप जाने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।
काठमाडौ महानगरपालिका अन्तर्गत पर्ने क्षेत्र नं १, २ र अन्य जिल्लाबाट कोटेश्वर क्रस गरेर आउने भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका जनसमुदायहरु बबहरमहलमा ११ बजे जम्मा हुने र भद्रकाली हुँदै भृकुटीमन्डप जाने तयारी गरिएको छ ।
जुलुशहरु विभिन्न झाँकीसहित आउने पनि जनाइएको छ ।
नेकपाले यस अघि नै सुदुरपश्चिम, पोखरा, दाङ, जनपुर, विराटनगरमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ ।
काठमाडौंमा हुने सभालाई व्यवस्थित बनाउन बागमती प्रदेश समिति, सम्पर्क समन्वय समिति र उपत्यका विशेष प्रदेश समितिहरुलाई निर्देशन दिइसकेको छ ।
सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ। कार्यक्रम लम्बेतान नबनाउन शुरु भएको २ घण्टामा नै सकिने पनि आम जनसमुदायलाई पूर्व जानकारी दिइसकिएको छ ।
नेकपाका नेता हिमाल शर्माले बाग्मती स्तरीय एकता सन्देश सभाका लागि काठमाडौं उपत्यकाभरबाट व्यापक जनसहभागिता सुनिश्चित गरिएको बताए।
विभिन्न स्थानबाट र्यालीसहित आएका जुलुसहरू आकारमा तयार पारिएको मञ्चका तीन वटै क्षेत्र रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फबाट तोकिएका स्थानमा व्यवस्थित रूपमा बस्ने व्यवस्था मिलाइएको छ ।
जुलुस ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टामा सम्पन्न हुने उनले बताए। विभिन्न १६ कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले प्रदेशस्तरीय सन्देशसभा गरिरहेको छ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया