Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

काठमाडौँको रायाेकाे सागमा भेटियो विषादी, खान अयोग्य ठहर


काठमाडौँ । काठमाडौँमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौँ उत्पादित रायोको सागमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च रहेको पाइएको छ।

समितिले १५ ओटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा भाजी रायो सागमा ९९।०८०० प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

काठमाडौँ उपत्यकामा विषादीयुक्त सागको समस्या गम्भीर बनिरहेको हुँदा उपभोक्ताहरूलाई सचेत रहन तथा सम्भाव्य विकल्प खोज्न सुझाव दिइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट