गगनपछि देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, तरुण दलद्वारा आयोग घेर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिकताको लडाइँ सुरु भएको छ । विशेष महाधिवेशनपछि बिहीबार विवरण अध्यावधिक सँगै आधिकारिकता माग गर्न निर्वाचन आयोग पुगेका सभापति गगन कुमार थापापछि देउवा पक्ष पनि शुक्रबार निर्वाचन आयोग पुगेको हो ।
सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरु शुक्रबार बिहान निर्वाचन आयोग पुगेका हुन् । आयोगमा देउवा पक्षका नेताहरु कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ’डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत पुगेका छन् ।
उनीहरुले देउवा पक्ष नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । ठूलो नेता तथा कार्यकर्ताको जमात देउवा पक्षमै रहेकोले आफूहरु नै आधिकारिक नेपाली कांग्रेस भएको उनीहरुको तर्क छ । उनीहरुले अहिले आयोगका पदाधिकारीसँग छलफल गर्नेछन् ।
बिहीबार गगन–विश्वको टिम आयोगमा पुगेर आफूहरु नै आधिकारिक कांग्रेस भएको र विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आइसकेको जानकारी गराएका थिए । आयोगमा पुगेको थापाले आफू नै कांग्रेसको सभापति भएको बताएका थिए भने कांग्रेस विभाजन समेत नभएको तर्क राखेका थिए ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया