Techie IT
Samayabaddha
बुधबार, २५ चैत्र, २०८२

सिन्धुलीको स्वाभिमानको लडाइँमा ऐक्यबद्धता : अमृत राज उपाध्यायद्वारा सहयोग सार्वजनिक


सिन्धुली । सिन्धुलीको स्वाभिमान र न्यायको पक्षमा भइरहेको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै अमृत राज उपाध्यायले सार्वजनिक रूपमा सहयोग व्यक्त गरेका छन। उनको यस कदमलाई अमूल्य भन्दै महेश्वर दाहालले सहयोगलाई सार्वजनिक गर्ने साहस प्रशंसनीय रहेको उल्लेख गरेका हुन्। धेरैले सहयोग गरे पनि सार्वजनिक गर्न नसकेको अवस्थामा यस्तो ऐक्यबद्धताले आन्दोलनलाई थप बल पुग्ने दाहालको भनाइ छ।

त्यस्तै, सिन्धुलीको स्वाभिमानको लडाइँमा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै उपाध्यायले जनताको पक्षमा उभिनु आजको ऐतिहासिक आवश्यकता भएको बताए।

उपाध्यायले यसै क्रममा आदरणीय अग्रज जनपक्षीय पत्रकार तथा संघर्ष र त्यागका प्रतीक महेश्वर दाहाललाई सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट हुने निर्वाचनमा विजयको अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

न्यायको पक्षमा उभिएका क्रान्तियौद्धाहरूलाई सक्दो आर्थिक सहयोग गर्न अपिल गर्दै दुःखसँगै जीवनको यात्रा अघि बढ्ने यथार्थलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, जनताको आवाज बलियो बनाउन र न्याय, सत्य तथा जनपक्षीय मूल्यको संरक्षणका लागि सम्पूर्ण शुभचिन्तकहरूलाई एकताबद्ध हुन आग्रह गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट