Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब ३५ करोड


काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन भएको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से, यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सामान्य करेक्सन भएर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ३.०७ अंक घटेर २ हजार ७ सय ६९ दशमलव ९ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १।६७ प्रतिशत बढेको हो। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।

यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्र्डे टावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट