Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

नेकपाको उम्मेदवार छनोटमा सर्कुलर र मापदण्ड यसरी मिचियो


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वका दुई पार्टी एक भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न फागुन २१ गते हुने प्रतिनिसभा निर्वाचनको उम्मेदवार चयन गर्ने सन्दर्भमा गत पुसमा एउटा विशेष सर्कुलर जारी गरेको थियो । सो सर्कुलरमा उम्मेदवारको योग्यता र मापदण्ड के हुने भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । १ (क) को चौथो बुँदामा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका पदमा वहालवालाहरु उम्मेदवार हुन नपाइने उल्लेख गरिएको छ । सो सर्कुलरमा नेकपाका संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले हस्ताक्षरसमेत गरेका छन् ।

स्थानीय तहका बहालवालाहरुले उम्मेदवारी दिन नपाइने भन्ने विषय उल्लेख गरिएको भएता पनि सिफारिसमा वहालवालाहरु परेका मात्र छैनन्, उनीहरु नेकपाको उम्मेदवार नै बनेका छन् । अझ नेतृत्वका परिवारका सदस्यहरु नैं उम्मेदवार बनिरहँदा यो सर्कुलर हाँस्यास्पद बनेको छ । प्रचण्ड र माधव नेपालले जारी गरेको यो सर्कुलर प्रचण्डको हकमा लागू भएएको पाइँदैन । चितवन महानगरमा मेयर पदमा बहालवाला प्रचण्डकी छोरी रेणु दाहालको हकमा यो सर्कुलर लागू भएको छैन । बहालवाला छोरीलाई नै संघीय संसद पदमा उठाइएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई मात्रै किन यो विधि लागू भएन ? प्रचण्ड, उनकी छोरी रेणु र बुहारी बिना थापा एकाघरका तीन जना उम्मेदवार छन् । यसले गर्दा पार्टीको बिधि र नियम पार्टी संयोजक प्रचण्डको परिवारमा लागू नहुने तर अन्य उम्मेदवारमा जवर्जस्ती लाद्नुमा पार्टी कस्तो बन्दैछ भन्ने पूर्वानुमान गर्न सकिन्छ । यसले पार्टीको आन्तरिक लोकतन्त्र नै मरेको नेकपाका अधिकाँश नेता तथा कार्यर्ताहरुको बुझाई छ ।

पार्टीले जारी गरेको सर्कुलर सबैमा लागू हुनुपर्ने आवाज भुसको आगो झैँ सल्किदै गएको छ । बिधि, पद्दति र सर्कुलर सबैमा लागू हुनुपर्ने जायज आवाज उठाउने कतिपय पुराना नेताहरुलाई प्रचण्डको मनोमानी र अधिनायवादी शैलीमा पार्टीबाटै निष्कासन गर्ने कार्य भइरहेको छ ।

संयोजक प्रचण्डको यस शैलीले पार्टी जनताका नभएर पारिवारिक क्लव जस्तै बन्दै गएको छ । प्रचण्डकाे एकाघरकाे छाेरी जुवाई काेशी प्रदेशका सांसद छन् भने उनका नजिकका भाइ राष्ट्रिय सभाकाअध्यक्ष छन ।

तलको लिंकमार्फत विशेष सर्कुलर हेर्नुहोस्

https://drive.google.com/file/d/1js52XHXbYiWQ4KBjqUXI8y29TRSUpw84/view?usp=sharing

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट