Techie IT
Samayabaddha
आईतबार, १८ माघ, २०८२

श्रीमतीको हत्या गरी आफैं प्रहरीकहाँ पुगे श्रीमान


काठमाडौं । श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन हुन् ।

श्रीमती हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेका हुन् । उनले श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको बताएका हुन्।

मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव फेला परेको जनाइएको छ ।दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट