मतदाता परिचयपत्र नभए पनि यी ६ कागजात देखाएर मतदान गर्न पाइने
काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि मतदान गर्न सकिने जनाएको छ। आयोगका अनुसार मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ।
सामान्यतया मतदाता आफूसँग मतदाता परिचयपत्र लिएर मतदान केन्द्र पुग्नु पर्छ। तर परिचयपत्र नभएको वा हराएको अवस्थामा, मतदाता यी ६ मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सक्नेछन्:
नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी
सवारी चालक अनुमतिपत्र
जग्गाधनी प्रमाण/पूर्जा
मतदाता परिचयपत्र
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ, त्यसैले मतदातालाई आवश्यक कागजात लिएर मतदान केन्द्र पुग्न आयोगले सचेत गराएको छ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया