निर्वाचन सुरक्षाका लागि सशस्त्रमा राजीनामा, रवाना र बिदा बन्द
काठमाडौं । सशस्त्र प्रहरी बलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै राजीनामा, रवाना तथा बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार निर्वाचन अवधिमा सशस्त्र प्रहरी बलको अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले माघ १९ गतेदेखि उक्त व्यवस्था लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
निर्वाचन अवधिभर सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्ने, अन्य कार्यालयमा सरुवा भई जानका लागि रवाना नदिने तथा अत्यावश्यकबाहेकका बिदा स्वीकृत नगर्न (नगराउन) सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया