Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

शिखर पावर डेभलपमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने


काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आवेदन दिने अवधि फागुन ८ गते निर्धारण गरेको भएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात आवेदन लिन कार्य बन्द गर्न लागेको बताएको छ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट