९ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज सुनको मुल्य ९ हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६ सय २० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाम ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ
















![१० न्यायाधीशको सरुवा, २० को पदस्थापन [सूचीसहित]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/nyaya-parisad-180x180.jpeg)


प्रतिक्रिया