स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारसँग थप १५ अर्ब रुपैयाँ माग
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि देखिएको वित्तीय संकट टार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारसँग १५ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्ट्याएकोमा अपुग भएपछि यसअघि नै थप १ अर्ब रूपैयाँ उपलब्ध गराइ सकेको छ। दायित्व बढ्दै जाँदा रकम अपुग भएपछि मन्त्रालयले सरकारसँग थप १५ अर्ब रूपैयाँ मागेको हो।
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा वापतको १ महिनाको रकम कट्टा गरेरै भएपनि तत्कालका लागि केहि रकम उपलब्ध गराउन जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा बुधवार भएको छलफलमा मन्त्री डा सुधा गौतमले तत्काल बजेटको व्यवस्था नगरे स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने चेतावनी दिएकी थिइन् । उनले ठूलो रकम भुक्तानी गर्न बाँकी भएकाले स्वास्थ्य बीमा प्रणालीमा आबद्ध अस्पतालसमेत आर्थिक संकटमा पर्न सक्ने जानकारी गराइन् ।
बोर्डले अझै पनि २४ अर्ब रूपैयाँ दायित्व बोकेको छ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया