९ सहकारीलाई घर–कोठा खाली गर्न महानगरको सात दिने अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले घर वहाल नतिर्ने ९ वटा सहकारीलाई घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ । महानगरपालिकाले ९ वटा सहकारी संस्थाहरुलाई ७ दिनभित्र घरवहाल तिर्न समय दिँदैसार्वजनिक सूचना प्रकाशित गरेको हो ।
कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघसंस्थाले बहालमा लिएका घर कोठा खाली गर्ने सम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।’
उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइने सूचनामा भनिएको छ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने पनि उल्लेख गरिएको छ ।
तोकिएको समयभित्र सहकारीका पदाधिकारी वा कर्मचारी सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयानुसार महानगर आफैँले घरकोठा खाली गराउनेछ । कोठा खाली गर्दा त्यहाँ रहेका फर्निचर, कम्प्युटर लगायतका कार्यालय सामानहरू सम्बन्धित घरधनीको जिम्मा लगाइनेछ ।
नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं। ३१ मा रहेको आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं। ६ मा सञ्चालित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, यही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं। १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् ।
यस्तै वडा नं। २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं। ३२ मा रहेको ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं। १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।
लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालकहरू फरार भएपछि घरधनीहरूबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फस्र्योटको कारवाही गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर यस्तो प्रक्रिया अगाडि बढाएको हो ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया