Techie IT
Samayabaddha
आईतबार, २५ माघ, २०८२

पछिल्लो एक सातामा निर्वाचन आयोगले के-के काम गर्यो ?


काठमाडौं । निर्वाचन आयोगले पछिल्लो एक हप्तामा भएका मुख्य–मुख्य कार्यहरू सार्वजनिक गरेको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृतदेखि डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यलगायतका कार्य भएका जानकारी दिएको हो ।

त्यस्तै मतपत्र छपाइ र प्याकिङ, हानिकारक सूचना पहिचान र कारबाही सिफारिस, निर्वाचन आचारसंहिताको कार्यान्वयनको अनुगमन र नियमन, समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिकलगायतका कार्य पछिल्लो एक हप्तामा सम्पन्न भएका आयोगले जनाएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट