अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण मुटुको नसा ब्लकेज
काठमाडौं । चर्चित अभिनेता सुनिल थापा को पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा आइतबार बिहान उनका शवको पोस्टमार्टम गरिएको हो ।
पोस्टमार्टम रिपोर्टअनुसार, थापाको हृदयघात ९मुटुको दौरा० भएर मृत्यु भएको पुष्टि भएको छ। उनको हृदयघातका कारण मुटुको नसा ब्लक भएको जनाइएको छ ।
पोस्टमार्टम सम्पन्न भएपछि उनका शव श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।
६८ वर्षीय थापा शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
क्याटेगोरी : मनोरञ्जन


















प्रतिक्रिया