एकैदिन ४ हजार १ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज छापावाला सुनको मुल्य प्रतितोला एकैदिन ४ हजार १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २४० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया