बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ


















प्रतिक्रिया