काठमाडौंबाट ओखलढुंगा छुटेको बस तामाकोशी नदीमा खस्यो
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको छ । बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार

















प्रतिक्रिया