Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

हत्या गरिएको अवस्थामा प्रहरी हबलदारको शव फेला


काठमाडौं । दार्चुलामा एक नेपाल प्रहरी हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या भएको हो ।

महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हबलदार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको हो ।

हबलदार घर्तीको शवको प्रकृति हेर्दा हत्या भएको बुझिने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट