Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै


काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म १ करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको हो ।

दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।

उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ ।

१० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।

उनले आज बिहीबारदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने भएको छ । फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने जनाइएको छ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट