विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिदै, २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइरहेका छन्। उनका समर्थकहरूले विमानस्थलमा स्वागत गर्न तयारी गरिरहेका छन्।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको आव्हान गरेको छ। प्रशासनले स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुन सक्ने आशङ्कामा सुरक्षा कडा बनाएको छ।
विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवाससम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ।
विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जनाइएको छ । विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया