Techie IT
Samayabaddha
आईतबार, ३ फागुन, २०८२

एकैदिन २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ५ हजार ८ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मुल्य ३ लाख ३ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सयमा कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रूपैयाँले घटेर चाँदी ४ हजार ९ सय ८५ रूपैयाँमा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी तोलाको ५ हजार रुपैयाँ कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट