Techie IT
Samayabaddha
आईतबार, ३ फागुन, २०८२

वीरगन्ज भन्सारद्वारा सात महिनामा १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन


वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिरमा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट