Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

एकैदिन ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ३ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी प्रतितोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट