Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

तामाकोशी बस दुर्घटना : बेपत्ता तीन जनाको खोजी जारी


काठमाडौं । गत मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी तीव्र रूपमा चलिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी जारी राखेको छ ।

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बाप्र ००१- ०५ ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने आठ जना घाइते भएका थिए ।

बसमा सवार तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा रामेछाप, मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार छन् ।

बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट