रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव फेला
काठमाडौं । रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ ।
गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको हो ।
सोमबार भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले सनाखत गरेको हो ।
बालकको शव भेटिएसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको यसअघि नै शव फेला परेको थियो ।
रामेछाप मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिकै २७ माघमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया