सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति
खोटाङ । यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए ।
आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
क्याटेगोरी :
समाचार








![रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी [पूर्णपाठ]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/raswapa-bachapatra-1024x500-1-180x180.jpg)









प्रतिक्रिया