मेची भन्सारले गर्यो ७ महिनामा ९ अर्ब ९२ करोड बढी राजस्व सङ्कलन
भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य छ ।
क्याटेगोरी : समाचार








![रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी [पूर्णपाठ]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/raswapa-bachapatra-1024x500-1-180x180.jpg)









प्रतिक्रिया