सर्लाहीमा गोली लागेर एक बालक घाइते
काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा आज दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए ।
नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जनाइएको छ । गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार








![रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी [पूर्णपाठ]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/raswapa-bachapatra-1024x500-1-180x180.jpg)









प्रतिक्रिया