Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने


काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको जनाइएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट