Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

गौरमा कर्फ्यु जारी, भारत–नेपाल सीमामा समेत कडाइ


काठमाडौं । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण हिजोदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ।

प्रशासनले सूचना जारी गर्दै आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि पुनः पूर्ववत कर्फ्यु कायमै रहेको जनाएको छ।

घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ। सीमा क्षेत्रमा बेरियर लगाइ गाडी आवागमन पूर्णरूपमा रोकिएको छ। नेपाली क्षेत्रबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता देखाउनुपर्ने प्रावधान लागू गरिएको छ।

आज आईतबार जिल्ला प्रशासन कार्यालयले केहीबेरमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट