Techie IT
Samayabaddha
मंगलबार, १२ फागुन, २०८२

अकबरे खुर्सानीको मुल्य प्रतिकिलो ९ सय पुग्यो


काठमाडौं । अकबरे खुर्सानीको भाउ पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। १ माघमा प्रतिकिलो औसत ५ सय ५० रुपैयाँमा थोक कारोबार भइरहेको उक्त खुर्सानीको मूल्य ११ फागुनसम्म आइपुग्दा बढेर औसत ८ सय ५० रुपैयाँ पुगेको छ। यस अवधिमा प्रतिकिलो करिब ३ सय रुपैयाँले मूल्य वृद्धि भएको देखिन्छ।

हाल बजारमा अकबरे खुर्सानीको अधिकतम थोक मूल्य प्रतिकिलो ९ सय रुपैयाँ र न्यूनतम ८ सय रुपैयाँ कायम रहेको छ। यसअघि पुसको पहिलो साता भने सोही खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको थियो।

छोटो समयमै मूल्यमा आएको तीव्र वृद्धिले बजारमा अकबरे खुर्सानीको आपूर्ति र मागबीच असन्तुलन देखिएको अनुमान गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट