Techie IT
Samayabaddha
बुधबार, १३ फागुन, २०८२

सर्लाही–४ मा गगन थापाका ९ प्रतिज्ञा, के के छन् प्राथमिक्तामा ?


सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सर्लाही निर्वाचन क्षेत्र नं. ४ का लागि आफ्नो विस्तृत चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय प्रतिज्ञापत्र सार्वजनिक भएको पाँच दिनपछि सभापति थापाले सर्लाही–४ लक्षित ९ वटा अभियानसहितको छुट्टै योजना सार्वजनिक गरेका हुन् ।

थापाले मधेसलाई लोकतान्त्रिक आन्दोलनको आधारभूमि भन्दै मधेसका मुद्दा राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

उनले हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा गाउँ–गाउँ पुगेर अलपत्र पुल, डुबान, कमजोर सडक र आधारभूत सेवाको अभाव नजिकबाट देखेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि स्पष्ट कार्ययोजना ल्याइएको बताए ।

थापाका ९ मुख्य अभियान
१.कापी–कलम अभियान (शिक्षा सुधार)
– गणित, विज्ञान र अंग्रेजी शिक्षकको सुनिश्चित व्यवस्था
– विद्यालयलाई प्रविधिमैत्री बनाउने
– विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति
– मातृभाषामा शिक्षा
– प्राविधिक शिक्षाको विस्तार
– ‘सबल छोरी अभियान’ मार्फत छोरी शिक्षामा विशेष जोड

२. स्वस्थ नागरिक अभियान
– स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार
– प्रत्येक स्थानीय तहमा स्वास्थ्य प्रवद्र्धन केन्द्र
– सर्पदंश र कालाजारको निःशुल्क उपचार
– मोबाइल क्लिनिक सेवा
– कुपोषण न्यूनीकरण कार्यक्रम
– आधुनिक उपकरणसहित ‘मधेस मृगौला उपचार केन्द्र’ स्थापना

३. कृषि उत्थान, किसान गौरव अभियान
– उखु किसानको बक्यौता भुक्तानी
– मल र बिउ सहज उपलब्धता
– शीत भण्डार निर्माण
– न्यूनतम समर्थन मूल्य सुनिश्चित
– कृषि उद्यममा सहुलियत ऋण
– सर्लाहीमा आपतकालीन मल भण्डार
– मधेसमा मल कारखाना स्थापना पहल

४. बाढी नियन्त्रण र चुरे संरक्षण
– बागमती क्षेत्रमा तटबन्ध निर्माण
– मनुस्मरा नहर बाँध मर्मत
– अर्ली वार्निङ प्रणाली
– वृक्षारोपण र पानी संरक्षण
– चुरे संरक्षण अभियान

५. मिसन रोजगारी अभियान
– सीप विकास तालिम
– रोजगार सूचना केन्द्र
– युवा उद्यमशीलता प्रवद्र्धन
– वैदेशिक रोजगार सहजीकरण

– फर्किएका युवालाई उद्यममा जोड्ने योजना

६. दशगजा उज्यालो अभियान (सीमा विकास)
– भारतसँग जोडिएको ३० किमि सीमा क्षेत्रमा हाईमास्ट सौर्य बत्ती
– छोटी भन्सार व्यवस्थित
– सीमावर्ती गाउँमा विशेष विकास कार्यक्रम

७. महिला तथा दलित सशक्तिकरण
– महिलालाई सहुलियत कर्जा
– घरेलु हिंसा र बालविवाह विरुद्ध अभियान
– दलित समुदायका लागि शिक्षा र रोजगारी कार्यक्रम

८. भाषा, कला र संस्कृति संरक्षण
– स्थानीय भाषा प्रवद्र्धन
– धार्मिक तथा सांस्कृतिक स्थल संरक्षण
– कला र परम्परागत पहिचान जगेर्ना

९. जनता दलान (प्रत्यक्ष सेवा)
– क्षेत्रमै ‘जनता दलान’ नामक सांसद कार्यालय
– नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समाधान खोज्ने व्यवस्था
– सुशासन र पारदर्शितामा जोड

मधेसको मुद्दा अब राष्ट्रिय एजेन्डामा
सभापति थापाले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सर्लाहीका दीर्घकालीन समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थन मागेका छन् ।

उनको यो प्रतिज्ञापत्रले स्थानीय पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सीमा सुरक्षासम्म समेटेर सर्लाही–४ को समग्र विकासको खाका प्रस्तुत गरेको दाबी गरिएको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट