नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ४ अर्ब १७ करोड
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ६.०३ अंक बढेर २ हजार ६ सय ५४ दशमलव ९३ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ४४ हजार २०४ पटकको कारोबारमा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।०९ प्रतिशत बढेको छ। यस होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लागेको छ । सो बैंकको शेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया