Techie IT
Samayabaddha
बिहीबार, १४ फागुन, २०८२

मतदानभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द


काठमाडौं । निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०८२ को दफा ६ को खण्ड ९झ० मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

यसबाहके निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरू समेत गरिने जनाइएको छ ।

यी लगायतका उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकारवालाहरुमा निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट