Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

विवादास्पद व्यापारीसँग प्रचण्डको घनिष्टता


काठमाडौं । सिन्धुली जिल्ला पार्टीका इञ्चार्ज वसन्त माझी, संयोजक पानीराज बम्जन, सचिव विनोद बिकलाई बाइपास गरेर निस्ठा र आदर्शकमे राजनीति गरेका हरिबोल गजुरेल र महेश्वर दाहाललाई कार्वाही गरेको सुनाउन र सबै विधि तोडेर सिन्धुली दुईमा आफ्नै बलमा जवर्जस्ती ल्याएका राजन दाहाललाई अन्तर्राष्ट्रिय नेता भन्न आएका प्रचण्डले प्रयोग गरेको हेलिकप्टरको कम्पनी अल्टिच्युड एयर हो ।

यसका मालिक निमा नुरु शेर्पा हुन् । उनी नेपाल माउन्टेनियरिङ एसोसियसनका अध्यक्ष समेत हुन् र प्रचण्डसँग उनको निकट सम्बन्ध रहेको छ ।

नक्कली उद्दारका नाममा बीमा कम्पनीहरूसँग मिलेमतो गरी यसले आर्थिक अनियमितता गर्दै आएको कुराहरु अन्य व्यवसायीले बताउदै आएका छन् । पाँच जना अट्ने हेलिकप्टरको वास्तविक खर्च १० लाख रुपैयाँ भए पनि एउटै उडानलाई पाँच जनाको उद्दारको नाममा छुट्टाछुट्टै बिल काटेर ५० लाख रुपैयाँसम्म बीमा कम्पनिसँग दाबी गर्दै आएको बताइन्छ ।

यसरी जनताले लगानी गरेको बीमा कोषमा करोडौं क्षति पुर्‍याइएको गम्भीर आरोप लाग्ने गरेको छ । प्रचण्डलाई भने विवादस्पद व्यापारीसँग सम्बन्ध बनाउनु कुनै नौलो कुरा हैन । सुमार्गी होस् वा निमा, निकटकै सम्बन्ध राख्छन् प्रचण्डले ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट