Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

रास्वपा कर्णालीका महामन्त्री बिक र कावा जिल्ला सभापतिसहित ११ जना कांग्रेस प्रवेश


काठमाडौँ। रास्वपा कर्णाली प्रदेशका महामन्त्री चन्द्रा बिक र कार्यवाहक जिल्ला सभापति जगत बस्नेत सहित ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कर्णाली प्रदेशका महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत सहित ११ जना आज पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं व्यक्तिलाई खादा मालाले स्वागत गरे ।

रास्वापाले प्राथमिक चुुनावमा ५० हजार रुपियाँ प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपियाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको भनाई छ । रास्वपा बनाउछौ भनेर आएका व्यक्तिलाई आत्म त्लानी भएर पुरानै पार्टीमा फर्कनुुपरेको विकले बताइन ।

प्रदेशकै महामन्त्री र सँगै प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो धक्का लागेको छ । शनिवार मात्र डा पुष्प खरालले रास्वपाबाट राजिनामा दिएका थिए । पछिल्लो समय रास्वपापा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।अन्य पार्टीले कांग्रेसलाई समर्थन गदै आएका छन ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट