Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

मुल्य बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्


काठमाडौं । विश्व वजारमा मुल्य बढेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । पेट्रोलियम पदार्थको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखेको हो ।

इण्डियन आयलबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, शनिबार प्राप्त नयाँ मुल्य शुचि अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट