त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती देशतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।
सोमबार ३१ वटा उडान बन्द भएको छ । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द भएका छन् ।
आजका लागि तय गरिएका विभिन्न एयरलाइन्सका उडानहरू रद्द भएका छन् भने केही उडानहरू चैत ३ गतेसम्मका लागि स्थगित गरिएका छन्।
रद्द भएका प्रमुख उडानहरूमा जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका उडान रहेका छन्।
विमानस्थल कार्यालयले प्रभावित यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न तथा उडानबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।
साथै हवाई व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जनाएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया