Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

यूएईमा ओभरस्टे नेपालीलाई राहत, फेब्रुअरी २८ पछि जरिबाना नलाग्ने


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्दै आएका नेपाली नागरिकले भिसा अवधि सकिएर ‘ओभरस्टे’ भए पनि फेब्रुअरी २८ पछि जरिबाना तिर्नु नपर्ने भएको छ। यूएईस्थित नेपाली दूतावासले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

दूतावासका अनुसार विशेष परिस्थितिका कारण यूएईमै बस्न बाध्य भएका नेपालीहरूलाई अतिरिक्त जरिबाना नलाग्ने व्यवस्था गरिएको छ। साथै, सबैलाई संयमता अपनाउँदै आफ्नो अवस्थाबारे आधिकारिक जानकारी गराउन आग्रह गरिएको छ।

यसका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग ले सञ्चालन गरेको अनलाइन पोर्टलमार्फत विवरण अद्यावधिक गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ।

मध्यपूर्वमा बढ्दो तनावका बीच यस्तो निर्णय सार्वजनिक गरिएको हो। इजरायल र संयुक्त राज्य अमेरिका ले इरान माथि हवाई आक्रमण गरिरहेका छन् भने इरानले पनि प्रतिआक्रमण जारी राखेको छ।

यसै सन्दर्भमा आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल मा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको मृत्यु भएको थियो। सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले उक्त घटनामा ज्यान गुमाएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट